२०८३ बैशाख १९
May 2, 2026, Saturday

भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु, एक घाइते

कैलाली– जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ ।

Advertisement

मंगलबार राति ५० वर्षीय गौरीलाल ढुङ्गानाले ४० वर्षका जयराज भण्डारी र ३३ वर्षका पदमराज भण्डारीमाथि हसिया प्रहार गरेका थिए । भण्डारी दाजुभाइलाई घाइते अवस्थामा उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि पदमराज भण्डारीको मृत्यु भएको छ ।

Advertisement

घाइते जयराजलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी नायव निरीक्षक चङ्ख कठायतले जानकारी दिनुभयो ।

फरार गौरीलाल ढुङ्गानालको खोजी गर्न इलाका प्रहरी कार्यालय जोशीपुर र भजनीबाट दुईवटा टोली परिचालन भैरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । ढुङ्गाना नाताले भिनाजु र भण्डारीहरु साला पर्दछन् ।

राति बजारबाट एउटै अटोरिक्सामा आइरहेका तीनै जना गौरीलालको घर नजिकै उत्रिएपछि विवादले उग्ररुप लिएको र घटना भएको प्रहरी नायव परीक्षक कठायतले बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर २१, बुधबार ०८:५४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर २१, बुधबार ०८:५४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर २१, बुधबार ०८:५४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP