२०८३ जेष्ठ २५
June 8, 2026, Monday

सुदूरपश्चिमका प्रदेश सभा सदस्यलाई पुस १० सम्म सपथ खुवाउने तयारी

कैलाली- मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वातिच प्रदेश सभा सदस्यलाई पुस १० गते सम्म सपथ खुवाउने तयारीमा प्रदेश सभा सचिवालय जुटेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूचि प्रदेश प्रमुख समक्ष बुझाएको २० दिन भित्रै निर्वाचित सदस्यको सपथ र प्रदेश सभा बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको छ ।

Advertisement

पुस २ गते आयोगले प्रदेश सभामा प्रत्यक्षय निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूचि प्रदेश प्रमुखलाई बुझाएको हो । आयोगले बुझाएको सूचि प्राप्त भएको २० दिन भित्र प्रदेश सभा सदस्यको सपथ र प्रदेश सभा बैठक आह्वान गरिसक्नुपर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।

Advertisement

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नु पर्ने प्रावधान रहेको छ । प्रदेश प्रमुख समक्ष सपथ लग्दा प्रदेश प्रमुखले सवै भन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने र ती जेष्ठ सदस्यले बाँकी प्रदेश सभा सदस्यलार्य सपथ खुवाउनु पर्ने प्रावधान छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेश सभा सचिवालयले गर्नुपर्ने हुन्छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य मध्य जेष्ठ सदस्यको पहचिान भइसकेकाले पुस १० गते भीत्रै सपथका लागि तयारी थालिएको बताए । उनका अनुसार अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर रावल प्रदेश सभामा सवै भन्दा जेष्ठ सदस्य रहेका छन् । उनको उम्मेर ६८ बर्ष रहोके छ ।

‘निर्वाचन आयोगले बुझाएको सूचि अनुसार अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर रावलज्यू सवै भन्दा जेष्ठ सदस्य रहेका छन्,’ सुचना अधिकारी जैशीले भने, ‘त्यसैले उहाँलाईनै प्रदेश प्रमुख ज्यू समक्ष पहिलो सपथका लागि आह्वान गर्ने र प्रदेश सभाको पहिलो बैठकको अध्यक्षताका लागि आह्वान गर्ने तयारी गरिएको छ ।’

प्रदेश सभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयको समन्वयमा प्रदेश सभा बैठक बोलाएर पनि निर्वाचित प्रदेश सभा सदस्यको सपथ गराउन सकिनेछ, भने सपथ पछि प्रदेश सभा बैठक पनि बस्न सक्ने छ ।

प्रदेश सभामा निर्वाचित सदस्य मध्य रावल पछि बैतडी प्रदेश सभा क्षेत्र ख बाट निर्वाचित शिवराज भट्टको सवैभन्दा बढी उम्मेर रहेको छ । उनको उम्मेर ६५ बर्ष रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाको पहिलो बैठक पुस २२ गते भित्रै बसिसक्नु पर्ने छ । त्यसका लागि पहिलो बैठक र दोश्रो बैठक जेष्ठ सदस्यले सञ्चालन गर्न सक्ने छन् । निर्वाचित प्रदेश सभा सदस्यको दोश्रो प्रदेश सभा बैठकले सभामुख र उप सभामुख चयनको प्रक्रिया अघि बढाउने छ ।

तयारी अवस्थामा प्रदेश सभा कक्ष

प्रदेश सभाको दोस्रो कार्यकालका लागि बैठक सञ्चालन गर्न प्रदेश सभा भवनको बैठक कक्ष तयार पारिएको छ । प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

प्रदेश सभामा हरेक सदस्यका लागि यस पटक छुट्टा छुट्टै टेबुलको व्यवस्था गरिएको छ । बैठक कक्ष बाहिर पनि सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने काम समेत सकिएको सुचना अधिकारी जैशीले बताए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी) को संसद् सहयोग सहित २० लाख बजेटमा प्रदेश सभा बैठक कक्षमा आवश्यक संरचना थप गरिएका उनले बताए । मंसिर–४ को निर्वाचनबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी १९ सदस्य सहित नेपाली कांग्रेस पहिलो द लबनेको छ ।
त्यसैगरी ८ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्य सहित नेकपा माओबादी केन्द्र दोश्रो दल बनेको छ ।

तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्य सहित नेकपा एमाले तेश्रो दल बन्दा ५ प्रत्यक्ष र दुई समानुपातिक गरी ७ सदस्य सहित नागरिक उन्मुक्ति पार्टी चौथो द लबनेको छ । यसैगी तीन प्रत्यक्ष र एक समानुपातिक गरी ४ सीट पाएको नेकपा एस पाँचौ तथा समानुपातिकबाट एक सीट पाएको राप्रपा छैठौं दलबनेको छ । प्रदेश सभामा एक जना स्वतन्त्र सदस्यले प्रतिनिधित्व गर्ने छन् ।

२०७४ को निर्वाचनमा एक÷एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन् ।

समितिका कार्यालयमा दललाई राख्ने तयारी

धनगढी उप महानगरपालिकाले सडक फराकिलो बनाउन थालेपछि प्रदेश सभा भवनको केही भाग भत्केको छ । प्रदेश सभा भवन भत्किंदा त्यहाँ रहेका राजनीतिक दलका संसदीय कार्यालय समेत विस्थापित भएका छन् । प्रदेश सभाको बैठक सुचारु गर्ने अन्तिम तयारी भइरहेका वेला भवन संगै संसदिय दलको कार्यालय समेत विस्थापित भएपछि तत्कालका लागि दलहरुलाई प्रदेश सभा समितिका लागि तयार गरिएका कक्ष उपलब्ध गराउने तयारी गरिएको छ ।

‘अहिले प्रदेश सभाले समिति गठन गरेको छैन,’ सूचना अधिकारी जैशीले भने, ‘समिति गठन नहुँदा सम्मलाई ती कार्यालयमा दलको संसदीय कार्यालय राख्ने तयारी गरेका छौं, समिति बनेपछि दललाई अन्यत्र व्यवस्थापन गरिने छ ।’

सुदूरपश्चिम प्रदेश सभामा हाल कार्य व्यवस्था परामर्श समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्व जनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक बिकास समिति रहेका छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP