२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

पहिले प्रधानमन्त्री को बन्ने भन्नेमा रस्साकस्सी

दिपायल- सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ ।

Advertisement

पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुङ्गो लाग्न नसकेको हो । प्रचण्डलाई फकाउन कांग्रेस नेता प्रकाशमान सिंह र देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन् । पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन । बरु पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ ।

Advertisement

तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै भएको बताइएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाई छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भई लागेका छन् । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न भर्खरै बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेटेर फर्किएका प्रकाशमान र जनार्दनसहितका नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

शनिबार बेलुकासम्म राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ पुष ८, शुक्रबार १८:१४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ पुष ८, शुक्रबार १८:१४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ पुष ८, शुक्रबार १८:१४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP