Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

पहिले प्रधानमन्त्री को बन्ने भन्नेमा रस्साकस्सी

दिपायल- सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ ।

Advertisement

पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुङ्गो लाग्न नसकेको हो । प्रचण्डलाई फकाउन कांग्रेस नेता प्रकाशमान सिंह र देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन् । पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन । बरु पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ ।

Advertisement

तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै भएको बताइएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाई छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भई लागेका छन् । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न भर्खरै बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेटेर फर्किएका प्रकाशमान र जनार्दनसहितका नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

शनिबार बेलुकासम्म राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!