२०८३ जेष्ठ ११
May 25, 2026, Monday

नेकपा एस र जसपालाई सरकारमा ल्याउन प्रचण्डले थाले पहल, नेपाल र यादवबीच छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा)का उपेन्द्र यादवलाई भटेका छन् ।

Advertisement

एकीकृत समाजवादी र जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा सामेल हुन नेपाल र यादवलाई प्रस्ताव राखेका थिए ।

Advertisement

अध्यक्ष नेपालले प्रचण्डले आफूलाई धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आइरहेका छन् । यसैबेला प्रधनमन्त्री प्रचण्डले असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रचण्डले पाँच दलीय गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट छन् । बुधबार भएको छलफलमा अध्यक्ष नेपाल र यादव सरकारमा आउन सकरात्मक देखिएको ती नेताले बताए ।

उनका अनुसार संसद अधिवेशन सुरु भएपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । तर, त्यसअघि नै एकीकृत समाजवादी र जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्रीको सोच रहेको छ । यसअघि प्रधानमन्त्री नियुक्त भएकै दिन पुस १० गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ पुष १३, बुधबार १२:३२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ पुष १३, बुधबार १२:३२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ पुष १३, बुधबार १२:३२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP