२०८२ माघ ११
January 24, 2026, Saturday

नेकपा एस र जसपालाई सरकारमा ल्याउन प्रचण्डले थाले पहल, नेपाल र यादवबीच छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा)का उपेन्द्र यादवलाई भटेका छन् ।

Advertisement

एकीकृत समाजवादी र जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा सामेल हुन नेपाल र यादवलाई प्रस्ताव राखेका थिए ।

Advertisement

अध्यक्ष नेपालले प्रचण्डले आफूलाई धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आइरहेका छन् । यसैबेला प्रधनमन्त्री प्रचण्डले असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रचण्डले पाँच दलीय गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट छन् । बुधबार भएको छलफलमा अध्यक्ष नेपाल र यादव सरकारमा आउन सकरात्मक देखिएको ती नेताले बताए ।

उनका अनुसार संसद अधिवेशन सुरु भएपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । तर, त्यसअघि नै एकीकृत समाजवादी र जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्रीको सोच रहेको छ । यसअघि प्रधानमन्त्री नियुक्त भएकै दिन पुस १० गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०७९ पुष १३, बुधबार १२:३२

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ पुष १३, बुधबार १२:३२

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष १३, बुधबार १२:३२

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

TOP