
दिपायल- नेपाल बिद्यार्थी संघ डाेटीकाे अध्यक्षमा दिपेन्द्र बहादुर सिंह नियुक्त भएका छन् । लामाे समयदेखि रिक्त रहेकाे अध्यक्ष पद सिंह आएसंगै पूर्ति भएकाे छ ।
जिल्लामा लामाे समयसम्म पदाधिकारी नहुँदा नेबिसंगका गतिविधि समेत ठप्प रहेका थिए । आगामी दिनमा जिल्लामा नेबिसंगले आफ्ना गतिविधि बढाउने अध्यक्ष सिंहले बताए ।
तीन महिनाभित्रै जिल्ला अधिवेशन गराउनु पर्ने भन्दै नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सिंहलाई अध्यक्षमा नियुक्त गरेका हुन् । लामाे समयदेखि बिद्यार्थी राजनीति गर्दै आएका सिंहले कैलाली बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनीति सुरू गरेका थिए ।
सिंह नेपाली कांग्रेसकाे प्रदेश प्रतिनिधि समेत हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...