२०८२ माघ ११
January 24, 2026, Saturday

सुदूरपश्चिममा भोलि शपथ ग्रहण

कैलाली– पुस १५ गते हुने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ । प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सचिवालय व्यवस्थापनलगायत सम्पूर्ण तयारी पुरा भएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सबै व्यवस्थापकीय तयारी पुरा भएको बताउँदै भोलि निर्धारित समयमा शपथ ग्रहण हुने जानकारी दिए । शपथ ग्रहणको समय दिउँसो १ः३५ मा तय गरिएको छ ।

Advertisement

प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि रावलले बाँकी ५२ जनालाई शपथ ग्रहण गराउने छन् । यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

Advertisement

यसैबीच प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको कार्य पनि पुरा गरेको छ । नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ । सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा नेकपा एमालेको दलको कार्यालय बनाइएको छ ।

विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा माओवादी केन्द्रको कार्यालय बनाइएको छ, भने सार्वजनिक लेखा समितिको कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाइएको छ । १ जना मात्रै प्रदेश सभा सदस्य रहेको राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको लागि भने व्यवस्थापन गर्न बाँकी रहेको सचिवालयले जनाएको छ ।

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०७९ पुष १४, बिहीबार १४:३७

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष १४, बिहीबार १४:३७

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०७९ पुष १४, बिहीबार १४:३७

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP