२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

सुदूरपश्चिममा भोलि शपथ ग्रहण

कैलाली– पुस १५ गते हुने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ । प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सचिवालय व्यवस्थापनलगायत सम्पूर्ण तयारी पुरा भएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सबै व्यवस्थापकीय तयारी पुरा भएको बताउँदै भोलि निर्धारित समयमा शपथ ग्रहण हुने जानकारी दिए । शपथ ग्रहणको समय दिउँसो १ः३५ मा तय गरिएको छ ।

Advertisement

प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि रावलले बाँकी ५२ जनालाई शपथ ग्रहण गराउने छन् । यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

Advertisement

यसैबीच प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको कार्य पनि पुरा गरेको छ । नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ । सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा नेकपा एमालेको दलको कार्यालय बनाइएको छ ।

विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा माओवादी केन्द्रको कार्यालय बनाइएको छ, भने सार्वजनिक लेखा समितिको कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाइएको छ । १ जना मात्रै प्रदेश सभा सदस्य रहेको राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको लागि भने व्यवस्थापन गर्न बाँकी रहेको सचिवालयले जनाएको छ ।

Related News

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

दोस्रो अन्नपूर्ण आरोहण दिवसको अवसरमा पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
दोस्रो अन्नपूर्ण आरोहण दिवसको अवसरमा पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
  • २०८३ जेष्ठ २०, बुधबार १५:३८

७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन...

TOP