२०८३ जेष्ठ ११
May 25, 2026, Monday

सौगात बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा

सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।

साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत्रराज सुवेदीले आर्थिक र कार्यसमिति सदस्य सीता गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै सहकारीका सल्लाहकार एवं संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले पछिल्लो समय सहकारी तथा बैैंकहरु एकापसमा गाभिने क्रम बढेको बताउँदै आवश्यक परेको खण्डमा गाभिनका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार हरिकृष्ण आचार्य र शेयर सदस्य तथा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले संस्थामा शेयर सदस्यको सङ्ख्या वृद्धि गरी उत्पादन तथा व्यावसायिकमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीका संस्थापक अध्यक्ष भगवती शर्मा र पूर्व अध्यक्ष दीपक सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष उषा किसानको स्वागत र कार्यसमिति सदस्य हिरा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ पुष २४, आईतवार १३:१४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ पुष २४, आईतवार १३:१४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ पुष २४, आईतवार १३:१४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP