२०८० मंसिर २२
December 8, 2023, Friday

सौगात बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा

सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।

साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत्रराज सुवेदीले आर्थिक र कार्यसमिति सदस्य सीता गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै सहकारीका सल्लाहकार एवं संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले पछिल्लो समय सहकारी तथा बैैंकहरु एकापसमा गाभिने क्रम बढेको बताउँदै आवश्यक परेको खण्डमा गाभिनका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार हरिकृष्ण आचार्य र शेयर सदस्य तथा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले संस्थामा शेयर सदस्यको सङ्ख्या वृद्धि गरी उत्पादन तथा व्यावसायिकमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीका संस्थापक अध्यक्ष भगवती शर्मा र पूर्व अध्यक्ष दीपक सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष उषा किसानको स्वागत र कार्यसमिति सदस्य हिरा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ पुष २४, आईतवार १३:१४

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ पुष २४, आईतवार १३:१४

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ पुष २४, आईतवार १३:१४

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP