२०८२ माघ ८
January 21, 2026, Wednesday

राहुघाट जलविद्युत आयोजना : भौतिक ४० र वित्तिय ५० प्रतिशत प्रगति

म्याग्दीमा नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको निर्माणले गति लिन थालेका छ । जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माधिन रहेको आयोजनाको हाल सम्म भौतिक तर्फ ४० प्रतिशत र वित्तिय प्रगति तर्फ ५० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आसोजदेखि यता आयोजना महिना देखि निर्माण कार्यले तिब्र रुपमा गति लिएको आयोजनाको अहिले सुरुङ तर्फ र बाँधस्थल संगै विद्युतगृहको काम एक साथ भएको छ ।

Advertisement

प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको आयोजनाले आधा भन्दा बढी सुरुङ निर्माण सकिएको जनाएको छ । तिनवटा अडिटबाट सुरुङको काम भइरहेको र प्रतिमहिना एकसय ८० देखि दुईसय मिटरसम्म सुरुङ खन्ने काम भैरहेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टका अनुसार आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो सुरुङ मध्य तिनहजार सातसय मिटर सुरुङ निर्माण भइसकेको छ ।

Advertisement

बाँधस्थलमा,आधिखोला र पिप्लेमा रहेको अडिटबाट सुरुङ खन्ने कामलाई तिव्रता दिइएको छ । अहिले हामीले बाँधस्थल, आधिखो संगै पिप्लेमा रहेको अडिटबाट सुरुङको कामलाई दिएका छौँ बिस्टले भने, आयोजनाको बाँधस्थल रघुगंगा ४ दग्नाम र वडा नं ५ झिँको सिमाना बुग्लमा अर्धजलाशययुक्त बाँधको संरचनाका लागि यतिखेर फाउन्डेशन जग खन्ने काम अन्तिमचरणमा पुगेको आयोजनाले जनाएको छ । ‘हामीले आयोजनाको बाँध स्थल तिर बर्खाको समयमा पनि आयोजनाको काम नरोकियोस भनेर, अहिले देखि नै त्यसको लागि संरचना र आवश्यक तयारी थालेका छौँ ।’

अहिले आयोजनाको सुरुङ तर्फ सर्च साफ्ट ट्याङक निर्माण गरी लाइनिङको काम भैरहेको उनको भनाई छ। अडिट ३ बाट सर्च साफ्ट जोड्ने २५ मिटर सुरुङ निर्माण भइसकेको छ । अडिट ३ बाट २ तर्फ एक हजार दुईसय ६१ मिटर सुरुङ खनिएको छ । सर्च साफ्टबाट विद्युतगृहतर्फ एक हजार ५० मिटर सुरुङ मध्य छसय ८८ मिटर खनिसकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिनठाउँबाट प्रेसर साफ्टमा काम भइरहेको र पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ। आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरेको आयोजनाले जनाएको छ । दैनिक रुपमा प्रयाप्त उपकरणका साथै करिब चारसयको हारहारीमा आयोजना स्थलमा मजदुर परिचालन भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रोजेक्ट म्यानेजरले दिएको जानकारी अनुसार तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी थालिएको छ । विद्युत गृहको सर्भिस वेयको काम झन्डै सकिएको र युनिट वेयको धमाधम भएको बिष्टको भनाई छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ । सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ । २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

बुग्लस्थित अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । जिल्लाकै ठूलो आयोजनाको रुपमा हेरिएको यो आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न गर्न जिल्लाका सरकारवालाहरुले पनि पछिल्लो समय चासो दिन थालेका छन् ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ पुष २७, बुधबार १२:३७

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष २७, बुधबार १२:३७

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०७९ पुष २७, बुधबार १२:३७

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP