२०८३ श्रावण १०
July 26, 2026, Sunday

राहुघाट जलविद्युत आयोजना : भौतिक ४० र वित्तिय ५० प्रतिशत प्रगति

म्याग्दीमा नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको निर्माणले गति लिन थालेका छ । जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माधिन रहेको आयोजनाको हाल सम्म भौतिक तर्फ ४० प्रतिशत र वित्तिय प्रगति तर्फ ५० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आसोजदेखि यता आयोजना महिना देखि निर्माण कार्यले तिब्र रुपमा गति लिएको आयोजनाको अहिले सुरुङ तर्फ र बाँधस्थल संगै विद्युतगृहको काम एक साथ भएको छ ।

Advertisement

प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको आयोजनाले आधा भन्दा बढी सुरुङ निर्माण सकिएको जनाएको छ । तिनवटा अडिटबाट सुरुङको काम भइरहेको र प्रतिमहिना एकसय ८० देखि दुईसय मिटरसम्म सुरुङ खन्ने काम भैरहेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टका अनुसार आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो सुरुङ मध्य तिनहजार सातसय मिटर सुरुङ निर्माण भइसकेको छ ।

बाँधस्थलमा,आधिखोला र पिप्लेमा रहेको अडिटबाट सुरुङ खन्ने कामलाई तिव्रता दिइएको छ । अहिले हामीले बाँधस्थल, आधिखो संगै पिप्लेमा रहेको अडिटबाट सुरुङको कामलाई दिएका छौँ बिस्टले भने, आयोजनाको बाँधस्थल रघुगंगा ४ दग्नाम र वडा नं ५ झिँको सिमाना बुग्लमा अर्धजलाशययुक्त बाँधको संरचनाका लागि यतिखेर फाउन्डेशन जग खन्ने काम अन्तिमचरणमा पुगेको आयोजनाले जनाएको छ । ‘हामीले आयोजनाको बाँध स्थल तिर बर्खाको समयमा पनि आयोजनाको काम नरोकियोस भनेर, अहिले देखि नै त्यसको लागि संरचना र आवश्यक तयारी थालेका छौँ ।’

अहिले आयोजनाको सुरुङ तर्फ सर्च साफ्ट ट्याङक निर्माण गरी लाइनिङको काम भैरहेको उनको भनाई छ। अडिट ३ बाट सर्च साफ्ट जोड्ने २५ मिटर सुरुङ निर्माण भइसकेको छ । अडिट ३ बाट २ तर्फ एक हजार दुईसय ६१ मिटर सुरुङ खनिएको छ । सर्च साफ्टबाट विद्युतगृहतर्फ एक हजार ५० मिटर सुरुङ मध्य छसय ८८ मिटर खनिसकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिनठाउँबाट प्रेसर साफ्टमा काम भइरहेको र पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ। आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरेको आयोजनाले जनाएको छ । दैनिक रुपमा प्रयाप्त उपकरणका साथै करिब चारसयको हारहारीमा आयोजना स्थलमा मजदुर परिचालन भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रोजेक्ट म्यानेजरले दिएको जानकारी अनुसार तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी थालिएको छ । विद्युत गृहको सर्भिस वेयको काम झन्डै सकिएको र युनिट वेयको धमाधम भएको बिष्टको भनाई छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ । सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ । २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

बुग्लस्थित अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । जिल्लाकै ठूलो आयोजनाको रुपमा हेरिएको यो आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न गर्न जिल्लाका सरकारवालाहरुले पनि पछिल्लो समय चासो दिन थालेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP