२०८३ जेष्ठ १७
May 31, 2026, Sunday

कृषि मेलामा उत्कृष्ट हुने १४ जना कृषक पुरस्कृत

म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित कृषि मेलामा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कृत गरिएको हो ।

Advertisement

कृषि ज्ञान केन्द्र म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुष २८ देखि ३० गतेसम्म सञ्चालन भएको प्रर्दशनीमा ६६ जना कृषकहरुले सहभागिता जनाएका थिए । सात वटा विधामा प्रथम र दृतीय हुने कृषकलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्राबिधिक सम्झना आचार्यले बताउनुभयो ।

Advertisement

फलफुल बालिमा रघुगंगा–७ को नामेला कृषि तथा पशुपक्षीपालन समूह प्रथम र मंगला २ का थमबहादुर बोहोरा दृतीय हुनुभयो । आलु टमाटर समूहमा बेनपा २ खबराका सोवित शर्मा प्रथम र मंगला २ तोराखेतका छमलाल पौडेल दृतीय हुनुभएको छ ।

तरकारीबालीमा बेनपा ४ का सन्दिप खत्री र बेनपा ५ का मुक्ति खड्का दृतीय हुनुभयो । लहरेबालीमा रघुगंगा ७ का नामेला कृषि तथा पशुपंक्षीपालन समुह प्रथम र बेनपा २ की देवी शर्मा दृतीय हुनुभएको छ ।

मसलाबालीमा बेनपा ५ का गोर्खबहादुर किसान प्रथम र बेनपा ४ की नन्दकली शर्मा दृतीय, जरेबालीमा राजु राम्जाली प्रथम र ममता खत्री दृतीय हुनुभएको छ । बिबिधमा बेनपा ५ का टेकबहादुर कार्की र रघुगंगा–७ का ठगबहादुर पुन दृतीय हुनुभयो ।

प्रथमलाई रु. तीन हजार पाँच सय र दृतीयलाई रु. दूई हजार कर सहित नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कृषकहरुमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देल, म्याग्दी उद्योेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, पुर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महासचिव अमित बानिया र कार्यसमिति सदस्य मोतीलाल पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP