Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका छन् ।

Advertisement

धवलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिने जलजला क्षेत्रको पर्यटन प्रर्वधन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बस्तीभन्दा टाढा रहेको जलजला क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सकिने पुर्वाधारको विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।

Advertisement

अन्तरक्रिया तथा छलफल कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक तथा पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटक भित्राउन पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो ।

जलजला क्षेत्रमा सडक सञ्जालले जोडिएको अवस्थामा बागलुङ, रुकुम जिल्लाका सिमानामा रहेका पर्यटकीयस्थलमा आउने पर्यटकलाई भित्राउने योजनामा आफ्नो सक्ने सहयोग हुने बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथि गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले जलजला क्षेत्रलाई पर्यटन र जडिबुटीको उत्पादनसग समेत जोड्न सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भारतकुमार पुन, मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले सडक, पदमार्गबाट पुग्न सकिने जलजला क्षेत्रको समथर जमिन, नजिकै देखिने आधा दर्जन हिमश्रृंखला, जैविक विविधता, घना जंगल, पशुपालनको घुम्ती गोठ लगायतको ग्रामिण सौन्दर्यतालाई प्रचारप्रसार गर्न गरिएका प्रयासको प्रंशंसा गर्नुभएको थियो ।

सोही अवसरमा जलजलाको प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासंघ म्याग्दी शाखा, पत्रकार सन्तोष गौतम, चर्चित मोटो भ्लगर विविदजंग थापा (एमआरबी भ्लग), भ्लगर सपना रोका मगर, फोटो पत्रकार सन्दिप शर्मा, भ्लगर सिर्जना सिर्जुलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

दुई दिने अन्तरक्रिया तथा जलजला पर्यटन प्रर्वधन कार्यक्रमको अवसरमा चिनौ जलजला, घुमौं जलजला भन्ने डिजिटल अभियान सहित ७ बुँदे घोषणापत्र समेत जारी गरिएको छ । गाउँँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि तीनै तहका सरकारको सहकार्य हुनुपर्ने बताउनुभएको थियो ।

पर्यटन प्रर्वधन कार्यक्रमका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष रेशम पुनले बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी– जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलालाई एकपटक भ्रमण गर्नुपर्ने गन्तब्य बनाउने अभियानमा सघाउ पुगेको बताउनुभयो ।

बागलुङको ढोरपाटन, पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र भुुमे गाउँपालिकासँग समेत सहकार्य गरिने उपाध्यक्ष पुनको भनाई थियो । पर्यटन प्रर्वधनसहितको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको थियो ।

जलजलाबाट धौलागिरी, गुर्जा,चुुरेन, पुथा, अन्नपूूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । छिनछिनमा परिवर्तन हुने, बाह्ै महिना चिसो मौसममा रमाउन सकिने जलजलामा धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरेको छ भने खानेपानीसहित अन्य पक्की आवासका लागि समेत थप बजेट विनियोजनको तयारी गरेको छ।

जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान समेत रहेको छ भने तल्लो र उपल्लो जलजला क्षेत्रको भ्रमणको क्रममा ग्रामिण जीवनशैलीलाई नजिकबाट हेर्न सकिन्छ । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको दुईवटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजलासहित गुर्जाघाट, गुर्जाखानी क्षेत्रलाई ग्रामिण पर्यटनका लागि विकास गर्न सकिने धवलागिरि गाउँपालिकाले जनाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP