Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा बेनी सामुदायिक मावि बेनीप्रथम भएको छ । दृतिय न्यु वेष्ट पोइन्ट आवासीय बेनी र लिटल गार्डेन एकेडेमी बेनी तृतीय भएका छन् ।

Advertisement

 

Advertisement

प्रथम भएको बेनी सामुदायिकका कलाकारले ट्रफी, रनिङ कप र प्रमाणपत्र सहित नगद रु. १८ हजार पुरस्कार प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयले ट्रफी र प्रमाणपत्र सहित क्रमश ः नगद रु. १२ हजार र ८ हजार पुरस्कार प्राप्त गरेका छन् । १० वटा विद्यालयले प्रतियोगितामा भाग लिएका म्याग्दी जेसिजका शाखा दिनेश विश्वकर्माले बताउनुभयो ।


सन २००० मा स्थापना भएको म्याग्दी जेसिजले युवाहरुको क्षमता तथा नेतृत्व विकास, प्रतिभा पहिचान, खेलकुदका कार्यक्रम गर्दै आएको छ । २८ औ बार्षिक उत्सव तथा जेसिज सप्ताहक अन्तरर्गत सप्ताहकको अन्तिम दिन जिल्ला स्तरीय लोक नृत्य कार्यक्रम आयोजना गरेको संयोजक डेकमाया केसीले बताउनुभयो । उक्त कार्यक्रमको अवसरमा जेसीज सप्ताह अन्तरर्गत निबन्ध लेखन र वतृत्वकला प्रतियोगिताका विजेतालाई समेत पुरस्कार वितरण गरिएको थियो ।

 

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP