२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

दामोदरकुण्ड दर्शनका लागि खुला

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा हालका लागि व्यक्तिगत रूपमा खानाको व्यवस्थापन गरी यात्रा गर्न खुला गरिएको हो ।

वडा अध्यक्ष ज्याङ छेसा गुरुङले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गहरूको मर्मत गरी खुला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही भक्तजन दर्शनका लागि गइसक्नुभएको छ, अब बिस्तारै धार्मिक पर्यटकको चाप बढ्छ ।”

वडा अध्यक्ष गुरुङका अनुसार आगामी जेठ २२ गतेदेखि दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा निःशुल्क भोजनसहितको सुविधा साउन महिनासम्म उपलब्ध हुने छ । यारा गाउँका ६५ वर्षीय डण्डु गुरुङले उक्त धर्मशाला सञ्चालन गर्दै आउनुभएको छ । दामोदरकुण्डको दर्शनका लागि जाने भक्तजनलाई लक्षित गरी सडक तथा पदमार्गसमेत मर्मत गरिएको छ । कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै उपल्लो मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी यात्रामा झुमा ठाँटीसम्म पुगिन्छ । बाटो असहज भएकाले त्यहाँबाट तीर्थालुहरूले घोडा सयर गर्ने गरेका छन् ।

Advertisement

Related News

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
  • २०८१ असार २६, बुधबार १३:४९

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५...

बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
  • २०८१ जेष्ठ ११, शुक्रबार १५:१५

म्याग्दीको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत...

तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ छ्याप्ती
तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ छ्याप्ती
  • २०८० चैत्र ७, बुधबार १५:२३

राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय...

TOP