२०८३ जेष्ठ ११
May 25, 2026, Monday

गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनद्धारा सामाजिक क्षेत्रमा लगानी

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले वनबाट भएको आम्दानी विभिन्न सामाजिक क्षेत्रमा लगानी गरेको छ ।

Advertisement

समितिको काउलेगौँडामा भएको २४ औँ साधारणसभा तथा नवौ अधिवेशनको अबसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा विभिन्न शिर्षकमा वन उपभोक्ताको अधिनमा रहेर काम गरेको समितिले जनाएको छ ।
आर्थिक प्रतिवेदन अनुसार भवन निर्माण, पोखरी निर्माण, बाटो तथा पहिरो नियन्त्रण लगायतका काम गरेको छ । खर घाँस, काठ, हल भाडा आम्दानी लगायतबाट भएको आम्दानीलाई शिक्षा क्षेत्रमा समेत लगानी गरेको वन उपभोक्ता समितिका अध्यक्ष पुण्य चोखालले जानकारी दिनुभयो ।

Advertisement

साधारणसभामा प्रस्तुत भएको लेखा परिक्षण प्रतिवेदन अनुसार अर्थिक बर्ष २०७८÷७९ मा करिब एक करोड बराबरको कारोबार भएको छ । केही रकमलाई घुम्ती कोष मार्फत लगानी गरिएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले समुदायीक बनको आम्दानीले सामाजिक काम गर्नु राम्रो भएको बताउनुभयो । उहाँले बन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा अध्यक्ष चक्र केसीले वडामा क्षेत्रमा पर्ने सामुदायिक बनहरुको संरक्षण र प्रवद्धनमा वडाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष टेकबहादुर बानियाँ र सचिव राम्जी शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष त्रिबिक्रम सुबेदी, निर्वतमान वडा अध्यक्ष बेल बहादुर चोखाल, बृद्धि बहादुर चोखालले बोलेका थिए ।

छ सय एक जना उपभोक्ता रहेको समितिको नयाँ कार्य समिति चयन भने भएको छैन । हाललाई पुरानै कार्य समिति कायम रहने र केही समयमा उपभोक्ताहरुको बेला बोलाएर नयाँ कार्यसमिति चयन गर्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष पुण्य चोखालको अध्यक्षता उपाध्यक्ष शान्ती रोकाको स्वागत र राम्जी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ ८, आईतवार ११:४०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ ८, आईतवार ११:४०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ ८, आईतवार ११:४०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP