Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनद्धारा सामाजिक क्षेत्रमा लगानी

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले वनबाट भएको आम्दानी विभिन्न सामाजिक क्षेत्रमा लगानी गरेको छ ।

Advertisement

समितिको काउलेगौँडामा भएको २४ औँ साधारणसभा तथा नवौ अधिवेशनको अबसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा विभिन्न शिर्षकमा वन उपभोक्ताको अधिनमा रहेर काम गरेको समितिले जनाएको छ ।
आर्थिक प्रतिवेदन अनुसार भवन निर्माण, पोखरी निर्माण, बाटो तथा पहिरो नियन्त्रण लगायतका काम गरेको छ । खर घाँस, काठ, हल भाडा आम्दानी लगायतबाट भएको आम्दानीलाई शिक्षा क्षेत्रमा समेत लगानी गरेको वन उपभोक्ता समितिका अध्यक्ष पुण्य चोखालले जानकारी दिनुभयो ।

Advertisement

साधारणसभामा प्रस्तुत भएको लेखा परिक्षण प्रतिवेदन अनुसार अर्थिक बर्ष २०७८÷७९ मा करिब एक करोड बराबरको कारोबार भएको छ । केही रकमलाई घुम्ती कोष मार्फत लगानी गरिएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले समुदायीक बनको आम्दानीले सामाजिक काम गर्नु राम्रो भएको बताउनुभयो । उहाँले बन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा अध्यक्ष चक्र केसीले वडामा क्षेत्रमा पर्ने सामुदायिक बनहरुको संरक्षण र प्रवद्धनमा वडाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष टेकबहादुर बानियाँ र सचिव राम्जी शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष त्रिबिक्रम सुबेदी, निर्वतमान वडा अध्यक्ष बेल बहादुर चोखाल, बृद्धि बहादुर चोखालले बोलेका थिए ।

छ सय एक जना उपभोक्ता रहेको समितिको नयाँ कार्य समिति चयन भने भएको छैन । हाललाई पुरानै कार्य समिति कायम रहने र केही समयमा उपभोक्ताहरुको बेला बोलाएर नयाँ कार्यसमिति चयन गर्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष पुण्य चोखालको अध्यक्षता उपाध्यक्ष शान्ती रोकाको स्वागत र राम्जी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP