२०८३ बैशाख २०
May 3, 2026, Sunday

‘बेनीको बजार’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दीका उदीयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।
निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो । म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रहेको छ ।
आफूले रोजेको प्रेमी हुँदाहुँदै बुबाआमाको इच्छानुसार अर्कैसँग विहे हुँदा निम्तिएको दर्दनाक घटना यस गीतमा उतारिएको छ ।
विपिन पौडेलले लेख्नु भएको यस गीतको एरेञ्ज चर्चित सारङ्गी वाधक हेमन्त कान्छा रसाइलीले गर्नुभएको हो । भिडियो निर्देशन गोकुल विश्वकर्मा, क्यामेरा किरण कार्की तथा मुख्य अभिनयमा विकास विश्वकर्मा, ज्ञानु राना फगामी, सुशन बर्देवा, अजीत बरुवाल, पविता पुन, हिमाल गुरुङ लगायतका कलाकारहरु रहेका छन ।

Beni Ko Bazzar (बेनिको बजार) // Amrita Nepali & Baburam Rashaili Ft. Bikash & Gyanu – YouTube

गायीका अमृता नेपालीको युटुव च्यानलबाट सार्वजनिक भएको गीतको प्रतिक्रिया राम्रो आएको गायक रसाईलीले बताउनुभयो । समुहमा काम गरेका छौँ, सवैको मेहनतले गीत राम्रो बनेको छ, श्रोता दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वस्त छु, गायक रसाईलीले भन्नुभयो ।
तिमीलाई सम्झिंदाको पल, माया तिमीले कहिल्यै नभुल, जानु पर्छ गोठमा, हातमा उनकै नाउँ छ, पुर्णगाउँको चिनारी गीत सार्वजनिक गरिसकेका गायक रसाइलीले निन्तर गीत संगीतमा लाग्ने योजना बनाएको सुनाउनुभयो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ २६, बिहीबार १६:२०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ २६, बिहीबार १६:२०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ २६, बिहीबार १६:२०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP