२०७९ चैत्र ११
March 25, 2023, Saturday

‘बेनीको बजार’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दीका उदीयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।
निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो । म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रहेको छ ।
आफूले रोजेको प्रेमी हुँदाहुँदै बुबाआमाको इच्छानुसार अर्कैसँग विहे हुँदा निम्तिएको दर्दनाक घटना यस गीतमा उतारिएको छ ।
विपिन पौडेलले लेख्नु भएको यस गीतको एरेञ्ज चर्चित सारङ्गी वाधक हेमन्त कान्छा रसाइलीले गर्नुभएको हो । भिडियो निर्देशन गोकुल विश्वकर्मा, क्यामेरा किरण कार्की तथा मुख्य अभिनयमा विकास विश्वकर्मा, ज्ञानु राना फगामी, सुशन बर्देवा, अजीत बरुवाल, पविता पुन, हिमाल गुरुङ लगायतका कलाकारहरु रहेका छन ।

Beni Ko Bazzar (बेनिको बजार) // Amrita Nepali & Baburam Rashaili Ft. Bikash & Gyanu – YouTube

गायीका अमृता नेपालीको युटुव च्यानलबाट सार्वजनिक भएको गीतको प्रतिक्रिया राम्रो आएको गायक रसाईलीले बताउनुभयो । समुहमा काम गरेका छौँ, सवैको मेहनतले गीत राम्रो बनेको छ, श्रोता दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वस्त छु, गायक रसाईलीले भन्नुभयो ।
तिमीलाई सम्झिंदाको पल, माया तिमीले कहिल्यै नभुल, जानु पर्छ गोठमा, हातमा उनकै नाउँ छ, पुर्णगाउँको चिनारी गीत सार्वजनिक गरिसकेका गायक रसाइलीले निन्तर गीत संगीतमा लाग्ने योजना बनाएको सुनाउनुभयो ।

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ माघ २६, बिहीबार १६:२०

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ माघ २६, बिहीबार १६:२०

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ माघ २६, बिहीबार १६:२०

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP