२०८३ बैशाख १८
May 1, 2026, Friday

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ ।

Advertisement

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद गतिविधिबाट समेत जिल्लाको नाम चिनाउन सकिने बताउनुभयो ।उहाँले खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

Advertisement

सोही अवसरमा बिशिष्ट अतिथि मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले खेलकुद गतिविधिमा लगानीमा प्राथमिकता दिएको बताउनुभयो।उहाँले पालिका भित्र रहेका खेलकुद प्रतिभालाई सम्मान सहित जिल्ला, प्रदेश रराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा समेत सहभागिताको वातावरण बनाएको बताउनुभयो ।प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले समेत भलिबलमा म्याग्दीले राष्ट्रिय टोलीको कप्तान सहितका खेलाडीहरु जन्माएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, वडा नं २ का अध्यक्ष धनबहादुर खाती, वडा नं ४ का अध्यक्ष लालबहादुर रोका लगायतको उपस्थिती रहेको थियो । उद्घाटन समारोहको अध्यक्षत मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी, स्वागत सचिव रामबहादुर गुरुङ र सञ्चालन सचिवालय प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो । बावियाचौरमा समाजसेवी स्वर्गीय नरबहादुर भट्टचन स्मृति आयोजित भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा पुरुषतर्फ १३ टिमको सहभागिता रहेको छ भने खुल्ला महिला भलिवल प्रतियोगितका लागि भने दर्ता हुने क्रम जारी रहेको आयोजकले जनाएको छ । खुल्ला महिलातर्फ प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्टालिन शेरचन÷ सरद शेरचन र सह–प्रायोजकमा मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने भने प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने मंगला भलिबल संघले जनाएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP