२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ ।

Advertisement

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद गतिविधिबाट समेत जिल्लाको नाम चिनाउन सकिने बताउनुभयो ।उहाँले खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

Advertisement

सोही अवसरमा बिशिष्ट अतिथि मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले खेलकुद गतिविधिमा लगानीमा प्राथमिकता दिएको बताउनुभयो।उहाँले पालिका भित्र रहेका खेलकुद प्रतिभालाई सम्मान सहित जिल्ला, प्रदेश रराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा समेत सहभागिताको वातावरण बनाएको बताउनुभयो ।प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले समेत भलिबलमा म्याग्दीले राष्ट्रिय टोलीको कप्तान सहितका खेलाडीहरु जन्माएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, वडा नं २ का अध्यक्ष धनबहादुर खाती, वडा नं ४ का अध्यक्ष लालबहादुर रोका लगायतको उपस्थिती रहेको थियो । उद्घाटन समारोहको अध्यक्षत मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी, स्वागत सचिव रामबहादुर गुरुङ र सञ्चालन सचिवालय प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो । बावियाचौरमा समाजसेवी स्वर्गीय नरबहादुर भट्टचन स्मृति आयोजित भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा पुरुषतर्फ १३ टिमको सहभागिता रहेको छ भने खुल्ला महिला भलिवल प्रतियोगितका लागि भने दर्ता हुने क्रम जारी रहेको आयोजकले जनाएको छ । खुल्ला महिलातर्फ प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्टालिन शेरचन÷ सरद शेरचन र सह–प्रायोजकमा मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने भने प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने मंगला भलिबल संघले जनाएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ फाल्गुन ५, शुक्रबार १५:२४

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP