२०८३ असार ११
June 25, 2026, Thursday

बेनी नगरपालिकाबासीको जानकारी अब सप्टवेयर मार्फत संकलन गरिने

Advertisement

म्याग्दीको बेनी नगरपालिकालाई युएनडिपीद्वारा निर्मित सप्टवेयर आज (बुधवार) एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण भएको छ । बेनी नगरपालिका क्षेत्रभित्र रहेका सङ्कटापन्न घरधुरीहरुको सामाजिक–आर्थिक सङ्कटापन्न सूचना व्यवस्थापन प्रणाली कार्यक्रममार्फत तथ्याङ्क सङ्कलन गर्न सप्टवेयर हस्तान्तरण गरिएको हो ।

Advertisement

उक्त सप्टवेयर युएनडिपीका प्रोजेक्ट कोअर्डिनेटर सतिस पाण्डे र आरबिएम एनालिष्ट दिनेश विष्टले बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा प्रिन्टर मेसिन, क्युआर कोर्डसहित कार्ड पनि हस्तान्तरण गरिएको छ ।

सप्टवेयर तथा सामग्री ग्रहण गर्दै नगर प्रमुख केसीले बेनी नगरपालिकाको सबै वडामा पुगेर नगरवासीको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । नगर प्रमुख केसीले नगरपालिकाको वडास्तरमा पुगेर तथ्याङ्क सङ्कलन गरी सफ्टवेयरमा इन्ट्री गरिसकेपछि वस्तीस्तरको वास्तविक समस्या तथा अवस्थाको पहिचान गरी समाधान गर्न सहज हुने बताउनुभयो । उहाँले सफ्टवेयरमा समग्र नगरवासीको शैक्षिक, आर्थिक, सामाजिक, रोजगारी, अन्य पेशा तथा व्यवसाय लगायतको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरिने बताउँदै ज्येष्ठनागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था र उनीहरुले नियमित प्रयोग गर्ने औषधीको विषयमा समेत तथ्याङ्क सङ्कलन गरी सफ्टवेयरभित्र इन्ट्री गरिनेछ । बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले स्वागत गरेको कार्यक्रम सामाजिक आर्थिक सङ्कटापन्न सूचना व्यवस्थापन प्रणाली कार्यक्रमका कार्यक्रम संयोजक भरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

युएनडिपी र बेनी नगरपालिकाको साझेदारी तथा संगम म्याग्दीको समन्वय र व्यवस्थापनमा नगर क्षेत्रमा तथ्याङ्क सङ्कलन गर्न लागिएको बेनी नगरपालिकाले जनाएको छ ।सफ्टवेयर हस्तान्तरणपछि तथ्याङ्क सङ्कलनमा खटिने स्वयंसेवकहरु, संगम म्याग्दीको आन्तरिक जनशक्तिसहित २७ जनालाई सहजीकरण गरिएको थियो । उक्त कार्यक्रममा युएनडिपीका प्रोजेक्ट कोअर्डिनेटर पाण्डे र आरबिएम एनालिष्ट विष्टले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममार्फत आम नगरवासीलाई आफ्नो यथार्थ सूचना र विवरणहरु दिएर सहयोग गर्न आह्वान गरिएको छ । युएनडिपी, संगम म्याग्दी र बेनी नगरपालिकाको सहकार्यमा सञ्चालन हुने तथ्याङ्क सङ्कलन कार्यक्रमबाट नगरवासीको वास्तविक अवस्था पत्ता लगाउन र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP