२०८३ जेष्ठ ११
May 25, 2026, Monday

जिल्ला स्तरीय नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् ।

Advertisement

त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र बाल मन्दिर आधारभूत विद्यालय तृतिय भएका छन् । शिक्षक तर्फ १० र विद्यार्थी तर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५ हजार रुपैयाँ,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक समुहका संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने प्रमुख थापा मगरले जानकारी दिनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ फाल्गुन २०, शनिबार ११:०८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ फाल्गुन २०, शनिबार ११:०८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ फाल्गुन २०, शनिबार ११:०८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP