बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् ।
त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र बाल मन्दिर आधारभूत विद्यालय तृतिय भएका छन् । शिक्षक तर्फ १० र विद्यार्थी तर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५ हजार रुपैयाँ,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक समुहका संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने प्रमुख थापा मगरले जानकारी दिनुभयो ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...