२०८३ भाद्र १२
August 28, 2026, Friday

बंगुरको खोरबाट निस्किईन पुष्पा राई

Advertisement

गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात थापेका छन् । आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको शिक्षादीक्षाका लागि पसिना बगाएकी राजकुमारी गरिबीबाट छुटकारा पाएकी छैनन् । राजकुमारीको दुखान्त कथा जोडिएको समाचार भएपछि बेनी नगरपालिका–६, छाप घर भई हाल यूकेमा रहेका किसान जिसीले कक्षा १२ सम्म लाग्ने शैक्षिक सहयोग गरेका छन् र।

बेनी नगरपालिका–२,बगरफाँििटस्थत सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षादीक्षामा कुनै समस्या हुन नदिन अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डेको अगुवाईमा मनु शाह, शिला रेग्मीले २५ हजार र रिक म्याग्दी नामक गैरसरकारी संस्थाले पोशाक, स्टेशनरी र झोला सहयोग गदैं बार्षिक ५ हजार बराबरको स्टेशनरी सहयोग गरेको विद्यालयकी सहायक प्रअ घनदेवी घर्तीमगरले बताईन् ।

‘पुष्पा जेहन्दार,अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा हुन्,‘अब पढाईमा कुनै समस्या हुन्न’ सप्रअ घर्तीमगरले भनिन् ।भविस्यमा डाक्टर बन्ने सपना बोकेकी पुष्पालाई बंगुरको खोरमा राखेर मजुदरी गर्ने बाध्य राजकुमारीको दैनिकी समेत समाचारपछि फेरिएको छ ।

बंगुरको खोरभित्र पढ्ने उचित वातावरण नभएपछि अहिले भाडामा बस्न थालेकी छन् । रित्तो बंगुर फार्म कुरेर बसेकी राजकुमारीले अव मजदुरी गरेर खर्च चलाउने र दाताको सहयोगले छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताईन् । आर्थिक सहयोगका लागि दाताले धेरै चासो देखाएपनि नेपाली नागरिकता र छोरीको जन्मदार्ता नहुदाँ समस्या भएको थियो ।

राजकुमारी र छोरी पुष्याका लागि पत्रकार हरिकृष्ण गौतमले संकलन गरेको रकम विद्यालयमा एक समारोहका बिच हस्तान्तरण गरिएको छ । विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे र प्रधानध्यापक छेमप्रसाद गर्बुजा पुनले परोपकारी पत्रकारितामार्फत विपन्न र बेसहारका लागि भइरहेको प्रयासले धेरैको जिवनमा परिवर्तन भएको बताए । प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाईलाई खर्चका लागि सहज भएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा राजकुमारी राई सहयोगलाई छोरीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताईन् ।

कठिनाइपूर्ण यात्राले गरिबीको चित्र रेखा लिपिबद्ध गर्छ भन्ने उदाहरण बनेकी राजकुमारीले गरिबीको मुक्तिका लागि अझै कयौँ सङ्घर्ष गर्नुपर्छ । तर पनि सहयोगदाताको सहयोगले अहिले आफ्नै कोखबाट जन्म लिएकी छोरीलाई बंगुरको खोरबाट निकाल्न सफल भएकी छन् । साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि सहयोग वास्तविक मलहम बनेको छ । म्याग्दीमा धेरै गरिबीको चपेटामा परेकाहरुलाई सहयोगबाटै नयाँ जिवन पाएका दर्जनौ छन् । यही मलहम राजकुमारी र चिकित्सक बन्ने सपना बुनेर पुष्पाले पढाइमा समेत प्रयोग भएको छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP