२०८३ असार ११
June 25, 2026, Thursday

किसानको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राप्रपाको ज्ञापनपत्र

सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ ।

Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई, महंगी र झन्झटयुक्त अवस्था बनाएको भन्दै तत्काल सहज वातवारण बनाउन माग गदैं ज्ञापनपत्र पठाइएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले बताए ।

Advertisement


रासायनिक मलमा यसअघि ७० दशमलव ८२ प्रतिशतबराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको थियो । मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भन्दै तत्काल सहज आपूर्ती गर्न समेत राप्रपाले माग गरेको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री भिमप्रसाद गौचन लगायतको उपस्थिती रहेको थियो । राप्रपाले किसानलाई उपलब्ध गराउने कुनैपनि अनुदान घटाउने नभई दोब्बर बनाउन र सहज वितरण गर्न, पहुँचभन्दा बास्तविक किसानको हातमा पुग्ने गरी उपलब्ध गराउन समेत माग गरेको हो ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP