२०८२ असार १
June 15, 2025, Sunday

किसानको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राप्रपाको ज्ञापनपत्र

सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ ।

Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई, महंगी र झन्झटयुक्त अवस्था बनाएको भन्दै तत्काल सहज वातवारण बनाउन माग गदैं ज्ञापनपत्र पठाइएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले बताए ।

Advertisement


रासायनिक मलमा यसअघि ७० दशमलव ८२ प्रतिशतबराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको थियो । मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भन्दै तत्काल सहज आपूर्ती गर्न समेत राप्रपाले माग गरेको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री भिमप्रसाद गौचन लगायतको उपस्थिती रहेको थियो । राप्रपाले किसानलाई उपलब्ध गराउने कुनैपनि अनुदान घटाउने नभई दोब्बर बनाउन र सहज वितरण गर्न, पहुँचभन्दा बास्तविक किसानको हातमा पुग्ने गरी उपलब्ध गराउन समेत माग गरेको हो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ चैत्र ६, सोमबार १५:२१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ चैत्र ६, सोमबार १५:२१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ चैत्र ६, सोमबार १५:२१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP