२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week – 2023   मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ ।

Advertisement

बाल संगठनका सचिव सन्दिप खत्रीमार्फत बालगृहका बालबालिकालाई ७ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको अनुहारमा खुसीको चमक खोज्नुपर्ने बताउनुभयो ।

Advertisement

सहकारी अभियान्ता जिसीले सहकारीका सदस्य खुसी वा पिडामा रहेको भन्ने खोज्न सक्ने सहकारी नै सबल र सक्षम हुने बताउनुभयो। ‘वित्तिय कारोबारसँगै समुदायमा आधारित कार्यक्रमलाई समेत प्राथमिकता दिनुहोला’सदस्य केन्द्रित कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्छ’जिसीले भन्नुभयो । वित्तिय साक्षरता कार्यक्रममा संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको छोराछोरीहरुलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

सोही कार्यक्रमको अवसरमा बाल बचत योजनामार्फत बालबालिकालाई बचत गर्ने बानीको विकास गराउन नियमित रुपमा मासिक बचतका लागि खुत्रुके हस्तान्तरण समेत गरिएको थियो । सहकार्यका अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत र सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

१ हजार ५३ जना सेयर सदस्य रहेको सहकारीमा १४ करोड निक्षेप, साढे १३ करोड कर्जा प्रवाह रहेको छ । खुत्रुके बचत, लखपति बचत, पेन्सन बचत, अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP