२०८२ फाल्गुन २९
March 13, 2026, Friday

रघुगंगाको बेगखोला पूर्ण खोप सुनिश्चित वडा घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले पालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

Advertisement

आईतबार एक कार्यक्रमको आयोजना गरेर खोप लगाउने उमेर समूहका (१५ महिना) का सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि बेगखोलालाई पूर्ण खोपयुक्त वडा सुनिश्चितता घोषणा गरिएको रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिका शाहीले जानकारी दिनुभयो ।

Advertisement

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि वडा खोप समन्वय समितिलाई अभिमुखिकरण तथा पूर्ण वडा सुनिश्चितता कार्यक्रम आईतबार बेगखोला स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित वडा घोषणा गरिएको पालिकाले जनाएको छ ।

वडामा वडास्तरीय खोप समन्वय समितिले, शिक्षक आमा समुह स्वास्थ्य स्वयमसेविका लगायतलाई पूर्ण खोप सुनिश्चितलाई निरन्तर गर्नका लागि प्रतिबद्धता पत्रमा हस्तारक्षर समेत गरिएको थियो ।

Related News

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
  • २०८० बैशाख १७, आईतवार १५:४१

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
  • २०८० बैशाख १७, आईतवार १५:४१

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश...

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० बैशाख १७, आईतवार १५:४१

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

TOP