म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले पालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
आईतबार एक कार्यक्रमको आयोजना गरेर खोप लगाउने उमेर समूहका (१५ महिना) का सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि बेगखोलालाई पूर्ण खोपयुक्त वडा सुनिश्चितता घोषणा गरिएको रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिका शाहीले जानकारी दिनुभयो ।
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि वडा खोप समन्वय समितिलाई अभिमुखिकरण तथा पूर्ण वडा सुनिश्चितता कार्यक्रम आईतबार बेगखोला स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।
राष्ट्रिय खोप तालिका अनुसार वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित वडा घोषणा गरिएको पालिकाले जनाएको छ ।
वडामा वडास्तरीय खोप समन्वय समितिले, शिक्षक आमा समुह स्वास्थ्य स्वयमसेविका लगायतलाई पूर्ण खोप सुनिश्चितलाई निरन्तर गर्नका लागि प्रतिबद्धता पत्रमा हस्तारक्षर समेत गरिएको थियो ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...