२०८३ असार ५
June 19, 2026, Friday

नेपाल शिक्षक संघ म्याग्दीले शिक्षकलाई सम्मान गर्दै मनायो स्थापना दिवस

Advertisement

नेपाल शिक्षक संघ जिल्ला कार्य समितिले म्याग्दीले विभिन्न कार्यक्रम ३४ औं स्थापना दिवस मनाएको छ । शनिबार निर्माण व्यवसायीको हलमा शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

Advertisement

स्थापना दिवसको अवसर पारेर संघको संघीय सदस्य कल्याण प्रसाद सुवेदी, संघको गण्डकी प्रदेश समावेशी उप सचिव गजिन्द्र श्रेष्ठ, खुल्ला सदस्य गोपाल प्रसाद रेग्मी सहित हालसालै प्रा.वि तहमा स्थायी नियुक्क्ती लिनुभएका शिक्षकहरुलाई सम्मान गरेको संघका सचिव विनय श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका उप सभापती हरिकुमार श्रेष्ठले शिक्षकहरुले पहिलो प्राथमिकता विद्यार्थीको शैक्षिक क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शैक्षिक क्षेत्रले पड्को मारेको बातउदै समय अनुसार आफ्नो ज्ञान सिपलाई पनि बढाउदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व शिक्षक संघका अध्यक्ष अजय मिलन श्रेष्ठ, केन्द्रिय सदस्य कल्याण सुवेदी, धनमुकारी थापा, गजिन्द्र श्रेष्ठ, ट्रेड युनियन कांग्रेस म्याग्दी अध्यक्ष कोमल प्रसाद उपाध्याय, जगत सापकोटा धवलागिरी गाउँपालिका शिक्षक संघ अध्यक्ष रमेशराज पौडेल, मालिकाका दिवाकर सुवेदीले बोल्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष भिमकुमारी सुवेदीको अध्यक्षता, उपाध्यक्ष चन्द्रमान छन्त्यालको स्वागत सचिव विनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP