२०८० मंसिर १७
December 3, 2023, Sunday

नेपाल शिक्षक संघ म्याग्दीले शिक्षकलाई सम्मान गर्दै मनायो स्थापना दिवस

Advertisement

नेपाल शिक्षक संघ जिल्ला कार्य समितिले म्याग्दीले विभिन्न कार्यक्रम ३४ औं स्थापना दिवस मनाएको छ । शनिबार निर्माण व्यवसायीको हलमा शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

Advertisement

स्थापना दिवसको अवसर पारेर संघको संघीय सदस्य कल्याण प्रसाद सुवेदी, संघको गण्डकी प्रदेश समावेशी उप सचिव गजिन्द्र श्रेष्ठ, खुल्ला सदस्य गोपाल प्रसाद रेग्मी सहित हालसालै प्रा.वि तहमा स्थायी नियुक्क्ती लिनुभएका शिक्षकहरुलाई सम्मान गरेको संघका सचिव विनय श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका उप सभापती हरिकुमार श्रेष्ठले शिक्षकहरुले पहिलो प्राथमिकता विद्यार्थीको शैक्षिक क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शैक्षिक क्षेत्रले पड्को मारेको बातउदै समय अनुसार आफ्नो ज्ञान सिपलाई पनि बढाउदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व शिक्षक संघका अध्यक्ष अजय मिलन श्रेष्ठ, केन्द्रिय सदस्य कल्याण सुवेदी, धनमुकारी थापा, गजिन्द्र श्रेष्ठ, ट्रेड युनियन कांग्रेस म्याग्दी अध्यक्ष कोमल प्रसाद उपाध्याय, जगत सापकोटा धवलागिरी गाउँपालिका शिक्षक संघ अध्यक्ष रमेशराज पौडेल, मालिकाका दिवाकर सुवेदीले बोल्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष भिमकुमारी सुवेदीको अध्यक्षता, उपाध्यक्ष चन्द्रमान छन्त्यालको स्वागत सचिव विनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०८० बैशाख ३०, शनिबार १३:३९

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०८० बैशाख ३०, शनिबार १३:३९

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०८० बैशाख ३०, शनिबार १३:३९

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP