२०८३ श्रावण ९
July 25, 2026, Saturday

पर्यटन प्रर्वद्धन गर्न आधार शिविरमा दौड प्रतियोगिता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पर्यटन प्रवद्धनमा टेवा पुगोस भनेर जिल्लाको अन्नपूर्ण गाउँपालिकाले खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

वरिपरी दन्ते लहर झै दजानौँ हिमालहरु तल निलो रङको पञ्चकुण्ड ताल चार हजार एक सय नब्बे मिटर उचाईमा रहेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड, छेलो हान्ने र अन्दनिशान प्रतियोगिता सम्पन्न भएको छ ।

पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाले सहभागिता जनाएको प्रतियोगितामा सन्दिप रिजाल प्रथम, यामप्रसाद पूर्जा द्धितिय र बिष्णुप्रसाद रिमाल तृतिय हुनुभएको छ । त्यस्तै छेलो प्रतियोगितामा पुर्जा प्रथम हुनुभएको छ ।

प्रतियोगितामा विजेतालाई नगद ३ हजार, २ हजार १ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । अन्नपूर्ण आधार क्षेत्रभित्रको सम्भावनाको पहिचान, आवश्यक पूर्वाधार विस्तारका लागि गरिएको पदयात्राको क्रममा प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

८ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमालको फेदीमा आयोजना गरिएको प्रतियोगिताले पर्यटनको प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस आधार शिविरमा गाउँपालिकाको केन्द्र पोखरेबगर देखि २० किलोमिटर सवारी साधन र २२ किलोमिटर पदमार्गबाट आधार शिविरमा एकै दिनमा पुग्न सकिन्छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP