२०८२ आश्विन ३
September 19, 2025, Friday

म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयनसँगै ‘विषेश बजेट’ दिनुपर्छ : सांसद गर्बुजा

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बिस २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीमा बिषेश बजेटको ब्यवस्था मिलाउन समेत माग गर्नुभएको छ ।

Advertisement

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद गर्बुजाले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेट्न नहुने बारेमा समेत कारण माग्नुभएको छ । लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडक ७० किलोमिटर छोटो रहेको समेत बताउनुभयो ।

Advertisement

प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलोपटक संसदमा बोल्नुभएका गर्बुजाले म्याग्दीको एक मात्रै अस्पताललाई प्रदेश सरकार मातहतमा राखेर म्याग्देली माथि अन्याय भएको बताउनुभयो । उहाँले बेनी अस्पतालको ठाउँमा म्याग्दी नामकारण गरी संघीय सरकार मातहतमा राख्न समेत माग गर्नुभयो ।सांसद गर्बुजाले बेनीबजारलाई संरक्षणमा रुपाताल परियोजनाबाट गम्भीर लापरवाही भएको बताउनुभयो ।

त्यस्तै प्राकृतिक उपचारस्थल तातोपानी कुण्डको संरक्षण र नदी कटानबाट जोगाउन सरकारको ध्यानार्कषण गराउनुभएको छ ।संसद गर्बुजाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत जोखिम मानिएका स्थानमा प्राथमिकता दिएर स्तरउन्नतीको माग समेत गर्नुभएको छ ।

सडकखण्डमा अकालमा ज्यान जाने गरेको बताउँदै साँघुरो सडक स्तरउन्नतीको माग गर्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलकै क्रममा सांसद गर्बुजाले बेलायती सेनामा कार्यरत नेपालीलाई बेलायती सरह सेवासुविधाको मागका लागि समेत कुटनीतिक पहल गर्न समेत सरकार समक्ष माग गर्नुभएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसद गर्बुजाले आगामी दिनमा थप अन्य समस्या सहित सरकारलाई नयाँ बजेटमा म्याग्दीका प्राथमिक योजनामा बजेटको माग सहित मन्त्रालयमा भेटघाट गर्ने बताउनुभयो ।

Related News

‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर
‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर
  • २०८० जेष्ठ १०, बुधबार १७:१३

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत आयोजनाको बुधबारदेखि परिक्षण...

घतानमा तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप असोज ६ गतेदेखि नेप्टेचौरमा हुने
घतानमा तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप असोज ६ गतेदेखि नेप्टेचौरमा हुने
  • २०८० जेष्ठ १०, बुधबार १७:१३

म्याग्दी, ३० असोज ।म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन हुने तेस्रो वडा अध्यक्ष कपको...

म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली
म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली
  • २०८० जेष्ठ १०, बुधबार १७:१३

दरवाङ, १५ भदौ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र...

TOP