२०८३ असार १
June 15, 2026, Monday

रघुगंगामा विद्यालयका कर्मचारीले पाउने सेवासुविधा कार्यान्वयन गर्न माग

नेपाल विद्यालय कर्मचारी परिषद् रघुगंगा गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि गर्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । परिषदले खरिदार सरहको सेवा सुविधा आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्न माग गर्दै रघुगंगा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्णाप्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Advertisement

विद्यालयमा कार्यरत लेखापाललाई खरिदार सरहको सेवासुविधा उपलब्ध गराउन माग गर्दै कर्मचारी परिषद रघुगंगा गाउँपालिका अध्यक्ष सजनी मल्ल र सचिव मोहनबहादुर कार्कीले ध्यानाकर्षण पत्र बुझाएका हुन् । विद्यालय कर्मचारीले राखेको माग स्थानीय तहले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट निर्माणमा सम्वोधन गर्न सक्ने आधार भएकोले बजेट निर्माण गर्ने क्रममा कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईएको परिषदका सचिव कार्कीले बताउनुभयो ।

Advertisement

लेखापालमा बसेका कर्मचारीले अन्य शिक्षक सरह मा.वि. तहमा शिक्षण गर्नुपर्ने, विदाको समयमा प्रशासनिक काम गर्नुपर्ने, विद्यालयको सबै विद्युतिय काम गर्ने लेखापाललाई राज्यले सेवासुविधामा अन्याय गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै लेखापालको सेवासुविधालाई कार्यान्वयन गर्न नेपाल सरकार समक्ष बजेट संशोधन गरी सम्वोधन गर्न गाउँपालिका समक्ष आग्रह गरेका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत ढकालले कर्मचारीको सेवासुविधा कार्यान्वयन गराउनका लागि आगामी कार्यपालिका बैठक र गाउँसभामा छलफल गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

परिषदले माग गरेको सेवासुविधा कार्यान्वयन गराउनका लागि जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको तालाचावी विद्यालयलाई बुझाएर गाउँपािलका र जिल्ला समन्वय ईकाइ म्याग्दीमा धर्ना दिने, जेठ २७ देखि असार १ गतेसम्म काठमाण्डौमा रिले अन्सन बस्ने र असार २ देखि माग सम्वोधन नहुन्जेलसम्म विद्यालय बन्द गर्ने निर्णय ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP