नेपाल विद्यालय कर्मचारी परिषद् रघुगंगा गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि गर्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । परिषदले खरिदार सरहको सेवा सुविधा आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्न माग गर्दै रघुगंगा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्णाप्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विद्यालयमा कार्यरत लेखापाललाई खरिदार सरहको सेवासुविधा उपलब्ध गराउन माग गर्दै कर्मचारी परिषद रघुगंगा गाउँपालिका अध्यक्ष सजनी मल्ल र सचिव मोहनबहादुर कार्कीले ध्यानाकर्षण पत्र बुझाएका हुन् । विद्यालय कर्मचारीले राखेको माग स्थानीय तहले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट निर्माणमा सम्वोधन गर्न सक्ने आधार भएकोले बजेट निर्माण गर्ने क्रममा कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईएको परिषदका सचिव कार्कीले बताउनुभयो ।
लेखापालमा बसेका कर्मचारीले अन्य शिक्षक सरह मा.वि. तहमा शिक्षण गर्नुपर्ने, विदाको समयमा प्रशासनिक काम गर्नुपर्ने, विद्यालयको सबै विद्युतिय काम गर्ने लेखापाललाई राज्यले सेवासुविधामा अन्याय गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै लेखापालको सेवासुविधालाई कार्यान्वयन गर्न नेपाल सरकार समक्ष बजेट संशोधन गरी सम्वोधन गर्न गाउँपालिका समक्ष आग्रह गरेका छन् ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत ढकालले कर्मचारीको सेवासुविधा कार्यान्वयन गराउनका लागि आगामी कार्यपालिका बैठक र गाउँसभामा छलफल गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
परिषदले माग गरेको सेवासुविधा कार्यान्वयन गराउनका लागि जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको तालाचावी विद्यालयलाई बुझाएर गाउँपािलका र जिल्ला समन्वय ईकाइ म्याग्दीमा धर्ना दिने, जेठ २७ देखि असार १ गतेसम्म काठमाण्डौमा रिले अन्सन बस्ने र असार २ देखि माग सम्वोधन नहुन्जेलसम्म विद्यालय बन्द गर्ने निर्णय ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...