२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो ।

Advertisement

आगामी आर्थिक वर्षको चालुतर्फ २९ करोड ४९ लाख रुपैयाँ र पुजिगततर्फ १६ करोड ३२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्ती मगर पुनले बताउनुभयो । संघीय सरकारको समानिकरण अनुदान ८ करोड ५३ लाख रुपैयाँ ,संघीय सरकार सशर्त अनुदान (चालु) १९ करोड ३३ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ लाख रुपैयाँ ,संघीय सरकार सशर्त (पुजीगत ) अनुदान १ करोड १० लाख रुपैयाँ ,संघीय सरकार विशेष अनुदान (पुजीगत) अनुदान १ करोड ६० लाख रुपैयाँ,संघीय सरकार समपुरक अनुदान १ करोड १० लाख रुपैयाँ ,गण्डकी प्रदेश सरकार समानीकरण अनुदान एक करोड ५ लाख ९६ हजार ,गण्डकी सरकार राजश्व बाँडफाँड ५२ लाख १७ हजार ,गण्डकी प्रदेश सरकार विशेष अनुदान ५० लाख रुपैयाँ ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान ६० लाख रुपैयाँ ,गाउँपालिकाको आन्तरिक आय एक करोड रुपैयाँ र अनुमानित संचित कोष अल्या हुने २ करोड रुपैयाँ अनुमानित आय रहेको छ ।

Advertisement

विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी , सिचाई, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । गाउँपालिकाको वडागत योजना तथा कार्यक्रमको लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जसअन्तर्गत सामाजिक ,आर्थिक ,सुशासन तथा संस्थागत ,वातावरण तथा विपद् व्यवस्थापन र भौतिक पुर्वाधार समेटिएको छ । विद्यालय कर्मचारी ,बालविकास सहजकर्ता थप तलब सुविधा ९० लाख रुपैयाँ,सामुदायिक स्वास्थ्य इकाई कर्मचारी तलब भत्ता ६० लाख रुपैयाँ ,विषयगत शाखा अन्तर्गतको कार्यक्रमको लागि ५९ लाख ९४ हजार रुपैयाँ ,सात वटै वडा कार्यालयहरुको प्रशासनीक खर्चका लागि २४ लाख ५० हजार रुपैयाँ ,विपद्जन्य क्षतीबाट पुननिर्माण तथा राहत वितरण (पालिका स्तरीय ) २० लाख रुपैयाँ ,किसानी माविमा छात्रवृत्तीको लागि १० लाख रुपैयाँ ,प्राथमिक स्वास्थ्य केन्द्र संचालन खर्च १३ लाख रुपैयाँ,प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ वेडको अस्पतालमा स्तरोन्नती गर्न २४ लाख रुपैयाँ ,गाउँपालिकाको प्रशासनीक भवन जग्गा खरिद र वडा नम्बर १को सहित २ करोड रुपैयाँ,लागत सहभागिता÷समपुरक कोषमा २ करोड रुपैयाँ ,खानेपानी योजनाका लागि गैरसरकारी संस्था संग साझेदारी (नेवा)को लागि ६० लाख ६२ हजार रुपैयाँ,गौबम वसथ मावि पहार ट्रष्टको संगको साझेदारी (निरन्तरता),२७ लाख रुपैयाँ,खारा–बिम मोटरबाटो स्तरोन्नतीको लागि ८७ लाख ८८ हजार रुपैयाँ (निरन्तरता) ,दरबाङ–निस्कोट मोटरबाटो स्तरोन्नती (निरन्तरता),एक करोड १० लाख रुपैयाँ ,झोलुङ्गे पुलको लागि साझेदारीमा ६ लाख ५० हजार रुपैयाँ ,निजि आवास पुनर्निर्माण साझेदारीमा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो । गाउँसभामा वडा नम्बर ७ का वडा अध्यक्ष तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टकबहादुर पुनले प्रस्तुत गर्नुभएको वन ऐन–२०८० पारित भएको छ । गाउँसभा सदस्य दिलकुमार पुन ,तुलसी पुर्जा लगायतले बोल्नुभएको थियो ।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP