२०८३ जेष्ठ ११
May 25, 2026, Monday

बेनीमा सञ्चालित शिव शिखर सहकारी विरुद्धको मुद्धामा अनुसन्धान सुरु

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिना देखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले बचत गरेको रकम ढुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए ।


ब्चतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकोमा सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस पत्र समेत सङ्लग्न गरी केन्द्रीय अनुसंधान ब्युरोबाट भएको परिपत्र बमोजिम असार १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्धा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यालयमा अन्य बचत कर्ताहरुको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी रहेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० असार २०, बुधबार ०३:३३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० असार २०, बुधबार ०३:३३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० असार २०, बुधबार ०३:३३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP