२०८० आश्विन १३
September 30, 2023, Saturday

बेनीमा सञ्चालित शिव शिखर सहकारी विरुद्धको मुद्धामा अनुसन्धान सुरु

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिना देखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले बचत गरेको रकम ढुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए ।


ब्चतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकोमा सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस पत्र समेत सङ्लग्न गरी केन्द्रीय अनुसंधान ब्युरोबाट भएको परिपत्र बमोजिम असार १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्धा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यालयमा अन्य बचत कर्ताहरुको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी रहेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

Advertisement

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार २०, बुधबार ०३:३३

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार २०, बुधबार ०३:३३

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार २०, बुधबार ०३:३३

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP