२०८३ भाद्र १०
August 26, 2026, Wednesday

बेनीमा तिज गीत प्रतियोगिता सम्पन्न

म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिज पर्व २०८० को पावन अवसरमा जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

Advertisement

२३ समुहको सहभागीता रहेको प्रतियोगितामा राज कुमार परियार प्रथम, रुपा विटालु द्वित्तिय, मंगला आमा समुह तृत्तिय र शाहिल विश्वकर्माले चौँथो स्थान हासिल गर्नुभएको छ ।

उहाँहरुले क्रमश नगद रु २२ हजार २ सय २२, १५ हजार ५ सय ५५, ७ हजार ७ सय ७७ र ३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।

विजेताहरुलाई संघका अध्यक्ष गोकुल विश्वकर्मा, प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गौचनले सामाजिक रितिरिवाज, परम्परा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । नेपाली नारीहरुको विशेष पर्व तिज मनाउदा विकृतिजन्य गतिविधि मौलाउदै गएको पाईएकाले त्यसलाई निरुत्साहित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कला र संस्कृतिको संरक्षणमा युवाहरुको सक्रियता र भूमिका बढ्नुपर्ने बताउनुभयो । उहाँले महिना दिन अगाडिदेखिनै ठुला होटल तथा पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रमले तिजको मौलिकतालाई ओझेल पर्दै गएको बताउदै पर्वको महत्व र विशेषतालाई ख्याल गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रायोजक संस्था गौमति विकास कोषका अध्यक्ष सन्दिप खत्री (केन), राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, संघका संस्थापक अध्यक्ष भुपेन बानियाँ, गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्ण प्रसाद गौतमले मन्यतव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा सम्मान अन्तर्गत म्याग्दीका लोक गायक रवि कार्की, लोक गायीका अमृता श्रीपाल, र बाग्लुङकी लोकप्रीय गायीका सिम्रन परियारलाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गौचन, जिल्ला समन्वय समितिका प्रमुख थापा र संघका अध्यक्ष विश्वकर्माले दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएको संघका महासचिव गोकुल सुनार बताउनुभयो ।

कार्यक्रममा गायक कार्की, गायीका श्रीपाल र परियार त्यस्तै गण्डकी लोक आईडलका उपविजेता विजय परियार, धवलागिरी लोकतारा शक्ति छिनालले गीत प्रस्तुत गर्नुभएको थियो भने सुस्मिता किसानको समुहबाट नारीको बेदनाले भरिएको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमकै अवसरमा म्याग्दी बालगृहमा रहेका १३ जना बालबालिका र बालजागृति आधारभूत विद्यालय बगुवाखोलामा रहेका वौद्धिक अपांगता विद्यार्थीहरुलाई निशुल्क रुपमा दर समेत खुवाईएको संघका अध्यक्ष गोकुल विश्वकर्माले बताउनुभयो ।
संघले हरितालिका तिज पर्वको अवसरमा वर्षेनी तिज गीत तथा नृत्य प्रतियोगिता संचालन गर्दै आएको छ ।
कार्यक्रम संघका अध्यक्ष विश्वकर्माको अध्यक्षता, कार्यक्रम संयोजक अस्मिता भण्डारीको स्वागत र महासचिव गोकुल सुनारको संचालनमा सम्पन्न भएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP