२०८३ भाद्र १०
August 26, 2026, Wednesday

म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय श्रेष्ठ वरिष्ठ समाजसेवी एवं शिक्षासेवी हुन् । म्याग्दीको समग्र विकासमा उहाँले गरेको योगदानको आधारमा सम्मान गरिएको संस्थाले जनाएको छ ।

Advertisement


म्याग्दी उद्योग वाणिज्य संघका संस्थापक र मानार्थ सदस्य श्रेष्ठले मंगला गाउँपालिकाको प्रभात आधारभूत विद्यालयलाई कक्षा कोठा भवन बनाउन निशूल्क जग्गा उपलब्ध गराउनुभएको छ । जेष्ठ नागरिक समाजका अध्यक्ष उहाँ विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल रहदै आउनुभएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले यो सम्मानको कार्यक्रम पितृप्रति सन्तानले गर्ने सुकार्य भएको बताउनुभयो । उहाँले सुकबहादुर हिराचन तथा समग्र थकाली समुदायको बारेमा पनि बोलेका थिए । सम्मानित व्यक्तित्व श्रेष्ठले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यानीमाया गीतसमेत गाउनुभएको थियो । म्याग्दीमा यानीमाया गाउनमा होस् वा विभिन्न जात्रामा नाच्न उनी सधैं अघि सर्नुुहुन्थ्यो ।

प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको योगदान छोराछोरीले जति गरे पनि गुन तिर्न नसक्ने बताउनुभयो । बाबुआमाको स्मृतिको स्थापना गरिएको कोषमा आफ्ना परिवारका सदस्यले पनि नगद सहयोग गरेका बताउनुभयो । सो अवसरमा उहाँले बाबुआमाको स्मृतिमा भजन सुनाउनुभयो ।

संस्थाका उपाध्यक्ष हेरम्ब कोइरालाले पुरस्कारको महत्व र कार्यविधिबारे जानकारी दिए भने समाजसेवी सुन्दर ज्योतिषले पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानले नरेन्द्रकुमार हिराचनलाई आजीवन सदस्यता प्रदान गरेको छ । प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम (पाखे)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संरक्षक शान्ति हिराचन र सञ्चालन सुकु हिराचनले गर्नुभएको थियो ।

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा भक्ति संगीत प्रतिष्ठानले नवराल बरालको नेतृत्वमा भक्ति संगीत प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा रु. ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत हुनुभएको छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP