२०८३ बैशाख १९
May 2, 2026, Saturday

श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्षे नाच

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ सोमबार साँझ उल्लासमय वातावरणमा समापन गरिएको छ । हिन्दू नेपाली महिलाको महानपर्व तिजमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेपछि बर्खे नाच समापन गरिएको हो ।

Advertisement

करिब १० मिनेटभन्दा लामो लडाईमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो । ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखे बर्खे नाचको प्रमुख आर्कषक मानिन्छ ।

Advertisement

नेपाल भाषामंकाःखलका कलाकारको समेत उपस्थितीमा नेवारी गितसँगै खचाखच दर्शकको उपस्थितिमा लाखेको एकल नाचसँगै श्रीकृष्णको रूपधारण गरेका कलाकारसँगको लडाँई निकै रोचक हुन्छ । वर्खे नाचको शुरुवात समाजमा दुःख दिने पात्रको रुपमा चित्रित लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको आकृति बनाएर बजार परिक्रमापश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गरेपछि तीजको साँझमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ । ‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ, बर्खेनाचका सबै नृत्यहरू परम्परागत छन्’ नेपाल भाषा मंकाःखलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले भने । उनले ‘सभ्य, भब्य रुपमा सम्पन्न भएको बताए ।

हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा लाखे, घोडा,नागनागिनी, गोरु, रोपाइँ र जोगी लगायत विभिन्न नाच देखाउने गरिएको मंकाःखलअन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष जेनेश श्रेष्ठले बताए ।

बर्खेनाचको समापनसँगै नेपालीको प्रमुख पर्व दशैंतिहारसँगै अन्य चाडपर्वको रौनकता छाउने भाषा मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार एक महिने बर्खेनाचमा करिब १ सयभन्दा बढी कलाकारहरू प्रत्यक्ष सहभागि भएको बताए । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाको समेत सहभागिता रहेको श्रेष्ठको भनाई छ । सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० आश्विन १, सोमबार १६:५६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० आश्विन १, सोमबार १६:५६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० आश्विन १, सोमबार १६:५६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP