२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्षे नाच

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ सोमबार साँझ उल्लासमय वातावरणमा समापन गरिएको छ । हिन्दू नेपाली महिलाको महानपर्व तिजमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेपछि बर्खे नाच समापन गरिएको हो ।

Advertisement

करिब १० मिनेटभन्दा लामो लडाईमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो । ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखे बर्खे नाचको प्रमुख आर्कषक मानिन्छ ।

Advertisement

नेपाल भाषामंकाःखलका कलाकारको समेत उपस्थितीमा नेवारी गितसँगै खचाखच दर्शकको उपस्थितिमा लाखेको एकल नाचसँगै श्रीकृष्णको रूपधारण गरेका कलाकारसँगको लडाँई निकै रोचक हुन्छ । वर्खे नाचको शुरुवात समाजमा दुःख दिने पात्रको रुपमा चित्रित लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको आकृति बनाएर बजार परिक्रमापश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गरेपछि तीजको साँझमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ । ‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ, बर्खेनाचका सबै नृत्यहरू परम्परागत छन्’ नेपाल भाषा मंकाःखलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले भने । उनले ‘सभ्य, भब्य रुपमा सम्पन्न भएको बताए ।

हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा लाखे, घोडा,नागनागिनी, गोरु, रोपाइँ र जोगी लगायत विभिन्न नाच देखाउने गरिएको मंकाःखलअन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष जेनेश श्रेष्ठले बताए ।

बर्खेनाचको समापनसँगै नेपालीको प्रमुख पर्व दशैंतिहारसँगै अन्य चाडपर्वको रौनकता छाउने भाषा मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार एक महिने बर्खेनाचमा करिब १ सयभन्दा बढी कलाकारहरू प्रत्यक्ष सहभागि भएको बताए । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाको समेत सहभागिता रहेको श्रेष्ठको भनाई छ । सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० आश्विन १, सोमबार १६:५६

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० आश्विन १, सोमबार १६:५६

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० आश्विन १, सोमबार १६:५६

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP