२०८३ बैशाख २१
May 4, 2026, Monday

लुलाङका अग्नी पिडित परिवारलाई राहत सामाग्री वितरण

म्याग्दीको धवलागिरी गाँउपालिका २ लुलाङका आगलागी पिडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीले करिव १७,५०० वरावरको ओड्ने, ओच्छाउने, खाद्यान्न तथा पकाउने भाँडाकुडाहरु वितरण गरिएको हो । सामाग्री वितरण गर्दै गुड नेवर्स इन्टरनेशनलका कर्मचारी सुर्यमान नगरकोटीले तत्काललाई राहत पुगोस भनि उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो ।

Advertisement

संगमद्धारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर्सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागी भई सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र घरसमेत ७० प्रतिशत जलेकोले तत्कालको लागि राहत स्वरुप उक्त सामाग्री वितरण गरिएको कुरा परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।

Advertisement

वडा अध्यक्ष अक प्रसाद वि.क, कार्यपालिका सदस्य एंव वडा सदस्य फुलमाया वुढा. सामुदायिक विकास समिति सदस्य ससिमाया पाईजा, संगम म्याग्दीका कर्मचारी नवराज पुन, गुड नेवर्स इन्टरनेशनलका कर्मचाकरीकोे रोहवरमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।

मिति २०८०÷०६÷०२ गतेका दिन साझ ७ बजेतिर अगेनोबाट आगो लागि ७० प्रतिशत घर जलेर नष्ट भएको र सोही घरभित्र रहेका आलु ६ मुरी, जौ १ मुरी, मकै १.५ मुरी, कोदो १ मुरी, सोलार वत्ति, पकाउने भाँडाकुडाहरु र लगाउने तथा ओच्छाउने लत्ता कपडा सहित करिव तिन लाख वरावरको क्षति भएकोे थियो । पिडितलाई धवलागिरी गाँउपालिकावाट समेत २५ हजार नगद सहित एक वटा त्रिपाल र ३ वटा व्लाङकेट सहयोग गरिएको थियो ।

प्रायोजन कार्यक्रममा परेका बालबालिकाहरुको घर तथा समुदायमा यस्ता खालका आपत विपत आईपरेमा, स्वास्थ्यमा जटिलता देखा परेमा यस्ता खालका सहयोगहरु वितरण गरिने कुरा संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्यले बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० आश्विन ९, मंगलवार १३:१८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० आश्विन ९, मंगलवार १३:१८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० आश्विन ९, मंगलवार १३:१८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP