म्याग्दीको धवलागिरी गाँउपालिका २ लुलाङका आगलागी पिडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीले करिव १७,५०० वरावरको ओड्ने, ओच्छाउने, खाद्यान्न तथा पकाउने भाँडाकुडाहरु वितरण गरिएको हो । सामाग्री वितरण गर्दै गुड नेवर्स इन्टरनेशनलका कर्मचारी सुर्यमान नगरकोटीले तत्काललाई राहत पुगोस भनि उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो ।
संगमद्धारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर्सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागी भई सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र घरसमेत ७० प्रतिशत जलेकोले तत्कालको लागि राहत स्वरुप उक्त सामाग्री वितरण गरिएको कुरा परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष अक प्रसाद वि.क, कार्यपालिका सदस्य एंव वडा सदस्य फुलमाया वुढा. सामुदायिक विकास समिति सदस्य ससिमाया पाईजा, संगम म्याग्दीका कर्मचारी नवराज पुन, गुड नेवर्स इन्टरनेशनलका कर्मचाकरीकोे रोहवरमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।
मिति २०८०÷०६÷०२ गतेका दिन साझ ७ बजेतिर अगेनोबाट आगो लागि ७० प्रतिशत घर जलेर नष्ट भएको र सोही घरभित्र रहेका आलु ६ मुरी, जौ १ मुरी, मकै १.५ मुरी, कोदो १ मुरी, सोलार वत्ति, पकाउने भाँडाकुडाहरु र लगाउने तथा ओच्छाउने लत्ता कपडा सहित करिव तिन लाख वरावरको क्षति भएकोे थियो । पिडितलाई धवलागिरी गाँउपालिकावाट समेत २५ हजार नगद सहित एक वटा त्रिपाल र ३ वटा व्लाङकेट सहयोग गरिएको थियो ।
प्रायोजन कार्यक्रममा परेका बालबालिकाहरुको घर तथा समुदायमा यस्ता खालका आपत विपत आईपरेमा, स्वास्थ्यमा जटिलता देखा परेमा यस्ता खालका सहयोगहरु वितरण गरिने कुरा संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्यले बताउनुभयो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...
केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...