२०८३ असार २
June 16, 2026, Tuesday

२० दिनदेखि वेपत्ता बरंजाकी पुष्पाको शव भेटियो

म्याग्दी । विगत २० दिन अगाडी बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । गएको कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी सापकोटाको आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जंगलमा बेवारिसे अवस्थामा शब देखिएपछि पुगेको प्रहरीको टोलीले मृतक सापकोटा भएको पहिचान गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । ‘शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ,‘घटनाको अनुसन्धान पर्वत प्रहरीबाट भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो ।

Advertisement

अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा कार्यरत सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । घटना र घटनास्थल हेर्दा अहिले नै भन्न सक्ने अवस्था नरहेकाले थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोलि खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शब परिवारको जिम्मा लगाइने छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP