२०८३ असार १०
June 24, 2026, Wednesday

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

Advertisement

भवन आगामी चैत्र महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । भवनको शिलन्यास गदैं क्याम्पसका संरक्षक एवम् गाउँपालिका अध्यक्ष रोकाले भौतिक पूर्वाधारसँगै शैक्षिक गतिविधिलाई समेत तिब्रता दिदैं पश्चिम म्याग्दीको शैक्षिक हब बनाउनुपर्ने बताउनुभयो । क्याम्पसको प्रशासनीक भवनको ३ तलेको डिपिआर तयार गरिएकाले भविस्यमा एउटै भवनबाट प्रशासनीक कार्यसम्पादनका लागि थप संरचना थपिने क्याम्पस सञ्चालन समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

Advertisement

हाल शिक्षा संकायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने गरी संरचना थपिने अध्यक्ष थापाको भनाई छ । प्रशासनीक भवन शिलन्यास कार्यक्रममा मंगला–२ का वडा अध्यक्ष धनबहादुर खाती, प्राध्यापक संघ मंगला शिक्षा क्याम्पसका अध्यक्ष कलम भण्डारी, स्ववियू सभापति भिममायाँ रोका, सञ्चालन समितिका सदस्यहरु सहितको उपस्थिती रहेको थियो ।

म्याग्दीको सदरमुकाम बाहिरको पहिलो क्याम्पस मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियामा समेत अगाडी बढेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगबाट भौतिक पूर्वाधार सहित तालिम, शैक्षिक अवलोकन भ्रमण,अनुसन्धानमुलक तालिम लगायतका गतिविधिमा समेत सहयोग भइरहेको छ ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP