२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

धौलागिरी अधिकृत बिक्रेता संघको बागलुङमा कर शिक्षा कार्यक्रम

धौलागिरी अधिकृत बिक्रेता संघ बागलुङको आयोजनामा बागलुङमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । व्यवसायीहरूलाई कर सम्बन्धी नवीन व्यवस्था, करका दररेट तथा करदाताको दायित्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

Advertisement

आन्तरिक राजश्व कार्यालय बाग्लुङका प्रमुख कपिल सिलवालले व्यवसायीहरूले उठाएका कर सम्बन्धी समस्या र जिज्ञासाको जवाफ दिदै करदातामैत्री सेवा प्रवाहका लागि आन्तरिक राजस्व कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समयमै कर विवरण बुझाउने र कर तिर्ने संस्कृतिको विकास गर्न समेत करदातामा आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको सह आयोजना ग्लोबल टच प्रा.लिका सञ्चालक (एफसिए) का अध्यक्ष डा सुनिल देवकोटा, नेपाल बितरक महासं३ गण्डकीका अध्यक्ष बद्री ढुंगाना लगायतले बोल्नुभएको थियो । बोल्ने बक्ताहरुले व्यवसायीहरूलाई कर प्रणालीबारे सचेत रहन आग्रह गर्दै व्यवसायमैत्री कर प्रणालीको आवश्यकता रहेको बताएका थिए ।

छलफलका क्रममा सहभागी व्यवसायीहरूले उठाएका जिज्ञासा तथा समस्याका विषयमा डा. देवकोटाले प्रष्ट पार्दै कर प्रणालीलाई व्यवसायमैत्री बनाउन व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
बागलुङ जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी, वितरक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अध्यक्षता धौलागिरी अधिकृत विक्रेता संघका अध्यक्ष राजन कुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष हेमन्त बानियाँले गर्नुभएको कार्यक्रमको संचालन नारायण ढुंगानाले गर्नुभएको थियो ।

 

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP