२०८३ असार २६
July 10, 2026, Friday

सम्पर्कविहीन भएका बिस्ने सार्कीको खोजी गर्न गलेश्वरधाम आमा समुहको आर्थिक सहयोग

म्याग्दी, ८ असार ।
सामाजिक सेवामा सक्रिय गलेश्वरधाम आमा समूहले वैदेशिक रोजागरीका विदेश गएर सम्र्पक विहिन भएका बेनी नगरपालिका–९ काउलेगौंडाका बिस्ने सार्की (मने सार्की) को खोजी कार्यका लागि परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सम्र्पक विहिन भएका सार्कीको खोजीमा केही भएपनि राहत मिलोस भनेर श्रीमती सरिता मिजारलाई २७ हजार १६० रुपैयाँ आर्थिक सहयोग गरेको समुहकी सचिव निशा महतले जानकारी दिनुभयो ।
आमा समूहले विगतदेखि नै दुःखी, गरिब, असहाय तथा आर्थिक अभावमा रहेका व्यक्तिहरूलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अध्यक्ष फुलमायाले बताउनुभयो ।


गलेश्वरमा बस्दै आएका सार्की परिवारका सार्की वैदेशिक रोजगारीका सिलसिलामा सर्बिया हुँदै अस्ट्रिया जाने क्रममा लामो समयदेखि परिवारको सम्पर्कमा नरहेपछि सरिताले सहयोगको याचना गर्दै गलेश्वरधाम आमा समूहलाई अनुरोध गरेकी थिइन् । सो अनुरोधपछि आमा समूहले गलेश्वर क्षेत्रका स्थानीय बासिन्दाबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको समुहले जनाएको छ ।

श्रीमानको खोजीका लागि काठमाडौँमा पुगेर परराष्ट्र मन्त्रालयमा गएर खोजीका लागि अनुरोध गर्नका लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरेको मिजारले बताउनुभयो । ‘अहिले सम्म श्रीमानको केही अस्तोपत्तो छैन केही भएपनि जानकारी पाउँने आशाले राजधानी जादै छु ।’ उहाँले भन्नुभयो । आर्थिक अभावले एक छोरा र छोरीको पढाईदेखि खानपानका लागि समेत समस्या भएको उहाँले बताउनुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP